९ कात्तिक, काठमाडौँ । राष्ट्रिय धर्मसभा नेपालले अायोजना गरेको पाँचौँ पण्डित सम्मेलन काठमाडाैंमा शुक्रबारदेखि सुरू भएको छ । सम्मेलनमा दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएको भन्दै पण्डितहरुले चाडबाडका बिदा कटौती अविलम्ब फिर्ता लिन माग गरे। कार्यक्रममा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, समितिका पूर्वअध्यक्ष…