सुन संकलन गर्दै गर्दा विमानस्थल गेटबाट एकजना समातिए

काठमाडौं पुस, २९– त्रिभुवन विमानस्थलको गेटबाट सुनसहित एक युवक पक्राउ परेका छन् । धनकुटा घर भइ काँडाघारी बस्दै आएका २८ वर्षीय समिर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर, टेकुले पक्राउ गरेको हो । उनी २५० ग्राम सुन र ४१ हजार रुपैयाँ नगदसहित पक्राउ परेको प्रहरीले जनाएको छ । श्रेष्ठले यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०/५०…