बाढीले बगाएर भारत पुर्‍याएको दुर्लभ गैँडा डुङ्गा चढेर चितवन घर फर्कियो

काठमाडौं पुस, २– विश्वकै दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा नारायणीमा डुङ्गा शयर गरेर आफ्नो घर भित्रिएको छ। गत वर्ष राप्ती नदीमा आएको बाढीले बगाएर भारत पुर्‍याएको करिब १५/२० वर्षको पोथी गैँडालाई गए राति चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको हो। यसअघि बाढीले बगाएका १० गैँडालाई राष्ट्रिय प्रकृति संरक्षण कोष र चितवन निकुञ्जको संयुक्त टोलीले उद्धार गरेर घर फर्काएको…