पुँजीवादले गर्दा बलात्कार बढेको हो : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले पुँजीवाद र मदिरा सेवनका कारण बलात्कारका घटना बढेको बताएका छन्। बुधबार संसदको राज्य व्यवस्था समितिमा सबैभन्दा धेरै बलात्कार अमेरिकामा हुने भन्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालसामानका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरे। पछिल्लो समय देशभरि बढिरहेका बालिका बलात्कार र हत्याका घटनाबारे छलफल गर्न समितिले गृहमन्त्रीलाई…