३१ वैशाख,बर्दिया। बबई नदी स्थित जब्दीपुल निर्माणको माग राख्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले आमरण अनशन सुरु गरेका छन्। पूर्व सिंचाइ मन्त्री समेत रहेका गौतमले शनिवार साँझबाट अनसन सुरु गरेका हुन्। जब्दीपुल निर्माण, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजनालाई बजेटको सुनिश्चितता, सदरमुकाम गुलरिया जोगाउन तटबन्ध निर्माणको बाँकी काम नियमित गर्नुपर्ने लगायतका १५ बूँदे माग राख्दै आमरण…