आफ्नो मूल पार्टी नेकपा माओवादी केन्द्रको कारबाहीबाट सांसद तथा मन्त्रीपद गुमाएका चार पूर्व माओवादी नेतालाई प्रधानमन्त्री केपी ओलीले आज साबिककै मन्त्रालयमा मन्त्री नियुक्ति गर्दै हुनुहुन्छ । सांसद नभए पनि ६ महिना सांसद हुन पाउने सबैधानिक प्राबधान अनुसार प्रधानमन्त्री ओलीले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई साबिककै मन्त्रालयमा नियुक्ति गर्न लाग्नु भएका हो…