तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउबालाई कांग्रेस वरिष्ठ नेता पौडेलको आग्रह

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय बिकसित भएका राजनितिक घटनाक्रमहरुको बारेमा छलफल गरेर निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराउदै नेता पौडेलले तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आफुले आग्रह गरेको बताएका हुन । उनले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम…