गृह मन्त्रालयले गर्‍यो ठुलो संख्यामा सिडियो सरुवा : कालापानी हेर्ने सिडियो धनुषा पुर्याइए

सरकारले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा गरेको छ । कालापानी लिपुलेक लगायत भारतिय अतिक्रमणमा परेका नेपाली भुमी हेर्ने दार्चुलाका प्रजिअ यदुनाथ पौडेललाई धुनुषाको सहायक प्रजिअ, धनुषाका सहायक प्रजिअ शरदकुमार पोखरेललाई दार्चुलाको प्रजिअमा पठाइएको छ ।यदुनाथ पौडेल दार्चुलामा रहदा उनलेनै उक्त क्षेत्रहरुको अवलोकनका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेललाई भ्रमणको चाजो मिलाएका थिए…