ऊर्जामन्त्री पुनले संसद्‌मा बोल्दा बोल्दै बत्ती गएपछि सांसदहरुले भने- तस्बिर आफैं बोल्छ, नो क्याप्सन !

काठमाडौं– बिहीबार संसदमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन बोलिरहँदा अकस्मात बत्ती गयो। बत्ती जाने क्रम दोहोरियो। मन्त्री पुनलाई प्रश्न सोध्ने क्रममा केही सांसदले देशको अवस्था उक्त संयोगले दर्शाइदिएको बताए। सुरुमै प्रश्न राख्न पुगेका नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले विद्युतसँग सम्बन्धित मन्त्री बोल्दा संसदमा पटक–पटक बत्ती जानुले विद्युतको अस्तव्यवस्ता देखाएको बताए। उनले भने,…