संविधान संशोधन प्रस्तावलाई राप्रपाले समर्थन गर्ने

सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई राप्रपाले समर्थन गर्ने भएको छ। निशान छाप परिवर्तन गर्न संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई समर्थन गर्ने र विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको बुधबार बसेको राप्रपा अध्यक्षत्रयको बैठकपछी जारी बिज्ञप्तिमा जनाइएको छ । प्रतिनिधिसभामा राप्रपाका एक सांसद छन्।