नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जनसम्पर्क समिति कोषाध्यक्ष अर्जुन कटवाल पक्राउ परेका छन्। उनलाई मंगलबार बिहान प्रहरीको विशेष ब्यूरोको टोलीले काठमाडौंको कलंकीस्थित उनकै अफिसबाट पक्राउ गरेको हो। हेभी इक्विपमेन्ट महासंघका महासचिवसमेत रहेका उनको कलंकीमा अफिस थियो। ब्युरो स्रोतका अनुसार कटवाल विप्लव समूहका चन्दा सकंलकसमेत हुन्।उनका साथबाट प्रहरी चेकबुक, चन्दा संकलनको रसिद, विभिन्न व्यक्तिको नाममा काटिएका अन्य…