हावाहुरीबाट प्रभावितको उद्दारमा उपसभापति निधिको संयोजकत्वमा कांग्रेसले खटायो टोली

काठमाडौं चैत, १८– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपसभापति विमलेन्द्र निधिको संयोजनमा हावाहुरीबाट प्रभावित बारा र पर्सामा उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति निधिलाई उद्दारको संयोजन गर्न निर्देशन दिएका हुन् । कांग्रेसले आइतबार साँझ परेको असिना पानीसहितको हावाहुरीप्रभावित बारा र पर्सामा उद्धार तथा राहतमा जुट्न अपिल गरेको छ…