काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच संखुवासभामा गोली हानाहान भएपछि नेपाली सेनाको एमआई १७ हेलिकप्टर परिचालन गरिएको छ । त्यस क्षेत्रमा बिप्लब समुहको गतिबिधी बढेको निश्कर्षा सहित नेपाली सेनाको एमआई १७ हेलिकप्टर बाट घटनास्थलतर्फ थप सुरक्षाकर्मी पठाइएको हो । संखुवासभाको सिलिचुङ गाउँपालिका–१ होयाङग्लामा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव समूहका कार्यकर्ताले फायरिङ गरेपछि दोहोरो…