काठमाडौं जेठ, २३– पार्टी एकताको एक वर्षसम्म ४०–४५ जनाबाहेक सबै केन्द्रीय सदस्य नेतृत्वका कारण बेरोजगार बन्दा पार्टीलाई ठूलो क्षति पुगेको भन्दै नेता वामदेव गौतमले आक्रोश पोखेका छन् । उनले सबैतिर अध्यक्षले गुट हेरेर एकलौटी जिम्मेवारी दिँदै आएको र इन्चार्ज–सहइन्चार्जको प्रस्ताव पनि त्यसैगरी आएको भन्दै जस्ताको तस्तै पारित गर्न चुनौती दिए । ‘हाम्रा केन्द्रीय कमिटीका सदस्यलाई शक्ति ठानेर…