खानेपानी मन्त्री बिना मगरलाई झट्का, मन्त्रिपरिषदद्वारा मन्त्री मगरको विदेश भ्रमण अस्वीकृत

काठमाडौं चैत, १८– मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ। सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने तयारी भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको समाचार आजको नागरिकमा छ । मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज…