राजमार्ग नै अवरुद्ध गरेर राप्रपाको सभा

काठमाडौं फागुन, २२– राप्रपाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर सभा आयोजना गरेको छ । राष्ट्रिय स्वाभिमान अभियानका क्रममा मंगलबार हेटौँडास्थित राजमार्गमै सभा आयोजना गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । हेटौँडाको मुख्यबजार बुद्धचोकदेखि सीमाचोकसम्मको क्षेत्रमा राजमार्ग अवरुद्ध गरिएको हो । सभाका लागि राजमार्गमै दुइटा ट्रक जोडेर मञ्च बनाइएको थियो । त्यस्तै, प्लास्टिकका कुर्सी पनि राजमार्गमै राखिएका थिए ।…