संसदीय सुनुवाइ समितिको बैठक कांग्रेसद्वारा बहिष्कार, संवैधानिक आयोगको सिफारिसमा आपत्ति

काठमाडौं माघ, २०– नेपाली कांग्रेसले संसदीय सुनुवाइ समिति बहिष्कार गरेको छ। प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिताबिना भएको बैठकले गरेको सिफारिसको सुनुवाइमा बहिष्कार गरेको हो। गएको माघ ६ गते संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति सिफारिस गरेको थियो। सुनुवाइ समिति सदस्य तथा कांग्रेस सचेतक पुष्पा भुषालले आफूहरु बैठकमा…