पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छः प्रधानमन्त्री शाह

काठमाडौँ, २६ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाइ निर्देशन दिए ।…