काठमाडौं, असार ३० । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। उनले प्रधानमन्त्रीको भनाइ सच्याउन र संसद्को अभिलेखबाट हटाउन माग गरेको लामो समय बितिसक्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरे। मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले भने, ‘दुई महिना हाराहारी हुन लाग्यो, एक महिना क्रस…