काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सम्मेलन आज हुँदैछ । संघीयतामा गइसकेपछि १४ औँ महाधिवेशनबाट गठन भएको पार्टीको गण्डकी प्रदेश कार्यसमितिले पहिलो प्रदेशस्तरीय सम्मेलन गर्न लागेको हो । मंगलबार पोखरा सभागृहमा हुने सम्मेलनको कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनलाई कांग्रेसका पदाधिकारीसहित शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । म्मेलनमा प्रदेश कार्यसमितिसहित…