सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानप्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने बताएका छन् । सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० कभिएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमलदा हाललाई आग्रह गरे । ‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम…