काठमाडौं । बागमती प्रदेश सरकारले १० वटा अस्पतालहरुको स्तरोन्नति गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश क्षेत्रका १० अस्पतालको स्तरोन्नति गर्ने र प्राविधिकसहित १६६९ कर्मचारीहरुको संगठन संरचना स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए । उनका अनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई ३०० बेड क्षमतामा स्तरोन्नति गर्ने निर्णय भएको…