‘चिटिक्क लोमान्थाङ’

म्याग्दी, २३ मङ्सिर । माटोको पर्खालले घेरिएको मुस्ताङको धार्मिक एवं पर्यटकीय महत्त्वको लोमान्थाङको सडक र गल्लीमा ढुङ्गा छापिएपछि चिटिक्क परेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङको पर्यटकीय सहर तथा बस्ती पुनःउत्थान कार्यक्रमअन्तर्गत लोमान्थाङको पर्खालभित्रको सडक, पैदलमार्ग र गल्लीमा ढुङ्गा बिछ्याइएको हो । सङ्घीय सरकारले गत वर्षदेखि सुरु गरेको ढुङ्गा छपान कार्य प्रभावकारी…