नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित शान्ति क्षेत्र आधारभूत विद्यालयमा मतदान गरेका छन् । बिहान ७ बजे पुगेर उनले मतदान गरेका हुन् । मतदान गरेपछि उनले निर्वाचनलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ र राज्यको पुनः संरचनापछि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर गाउँगाउँमा सिंहदरबार स्थापना गर्ने अभियान भएको बताएका छन्…