जनकपुरमा रामजानकी विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम र सीताको स्वयम्वर र विवाह आज हुँदैछ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरुप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाहपञ्चमी महोत्सवअन्तर्गत आज छैटौं दिन दिउँसो १ बजे स्थानीय रंगभूमि मैदान बाह्रबिघामा स्वयम्वर र आजै राति जानकी मन्दिर परिसरमा वैवाहिक कार्यक्रम रहेको जानकी मन्दिरका छोटा महन्थ…