बुटवलको अस्थायी कोरोना अस्पतालमा निधन भएका थापालाई कोरोना नभएको पुष्टि

बुटवलस्थित अस्थायी कोरोना अस्पतालमा हिजो निधन भएका ३४ वर्षीय बिरामीको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पहिलो टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । दुवईबाट गत चैत ७ गते नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका…