कोभिड– १९ को जोखिमका कारण व्यवसाय धराशायी बन्दै गएको भन्दै घर भाडामा छुट दिन एक व्यवसायीले गरेको आग्रहलाई यहाँका एक जनप्रतिनिधिले पुरा गरिदिएका छन् । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले वडा नं ६ जरेबरमा आप्म्नो नाममा रहेको निजी जग्गाको चैत महिनाको भाडा नलिने घोषणा गरिन् । सो जग्गाको भाडा प्रतिमहिना ६५ हजार रुपैयाँ रहेको छ…