शक्तिशाली झाँक्री बन्न बालकको हत्या, सिद्धि प्राप्ति गर्ने नाउँमा हत्या गरेको पुष्टि

धनुषा जेठ, १६– शक्तिशाली झाँक्री बन्ने ‘विश्वास’मा धनुषामा एक व्यक्तिले बालकको हत्या गरेको खुलेको छ । मिथिला नगरपालिका ६ ढल्केबरका शम्भु साहका अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई ‘बलि’ दिएको अभियोगमा ५५ वर्षीय झाँक्री शत्रुधन महतोलाई पक्राउ परेपछि घटनाको रहस्य खुलेको हो । गत वैशाख २३ गते हराएका आर्यनको शव वैशाख २४ गते बिहान…