अर्घाखाचिको छत्रदेव गाउँ पुगेर हावाहुरी पीडितलाई त्रिपाल बाडे कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले

अर्घाखाँची- अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा आइतबार राति चलेको हावाहुरीबाट प्रभावित सर्वसाधारणलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले  त्रिपाल वितरण गरेका छन्। मंगलबार छत्रदेव गाउँपालिकाको हावाहारी प्रभावित क्षेत्र पुगेका शर्माले नेविसंघका नेता–कार्यकर्तासँगै त्रिपाल बाँडेका हुन्। छत्रदेव गाउँपालिकामा हावाहुरीका कारण एक सय जति घरमा क्षति पुगेको छ भने ४ सय सर्बसाधाराण खुल्ला आकाशमा रात बिताउन बाध्य छन ।…