कञ्चनपुर । डडेल्धुराको आलिताल गाउँपालिका-३ स्थित आलितालमा पहिलोपटक जलपक्षी गणना गरिएको छ । नेपाल पक्षी संरक्षण संघ ९बीसीएन०का चराविज्ञ हिरुलाल डगौरासहितको गणकहरुले डिभिजन वन कार्यालय डडेल्धुराको समन्वयमा ताल क्षेत्रमा जलपक्षी गणना गरेका हुन्। ताल क्षेत्रमा ४८ प्रजातिका जलपक्षी देखा परेको चराविज्ञ डगौराले बताए। उनका अनुसार तालमा मुख्यगरी ठूलो जलेवा, सानो जलेवा, डुबुल्की हाँस, खडखडे हाँस,…