काठमाडौं चैत, २५– मलेसियामा भएको बस दुर्घटनामा ५ नेपालीको मृत्यु भएको छ । मलाया मेल समाचारपत्रका अनुसार आइतबार राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको हो । जसमध्ये ५ जना नेपाली पनि रहेका छन् । आइतबार राति काममा जान लागेका विदेशी कामदार बोकेको बस राति ११ बजे सेपाङ क्षेत्रमा नालीमा खसेर दुर्घटना भएको हो…