नेपालले माल्दिभ्सलाई ४-० गोलले हरायो , नेपालको शानदार सुरुवात

८ कात्तिक, काठमाडौं । नेपालले साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गर्दै माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक नेपालले माल्दिभ्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । माल्दिभ्सका डिफेन्डर नबुहान मोहमेदले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टी लाई गोलामा परिणत गर्दै…