२५ असोज, काठमाडौं– सिंगापुर एयरलाइन्सले सिंगापुरदेखि न्युयोर्कसम्मको १९ घन्टाको संसारकै सबैभन्दा लामो उडान बिहिबारदेखि सुरू गरेको छ । सिंगापुरबाट उडेको विमानले १५ हजार किलोमिटर दूरी पार गरेर न्युयोर्क पुग्नेछ। केही यात्रुले समय बचाउन ननस्टप सेवा माग गरेकाले यो सेवा सुरू गरेको सिंगापुर एयरलाइन्सले बताएको छ। विजनेस क्लासमा यात्रा गर्नेलाई उडानका क्रमका दुई पटक खाना दिइने र यो…