राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले मौलिकतामा आधारित तीजका गीत गाउन कलाकारलाई आग्रह गरेको छ । पछिल्लो समय केही कलाकारले अपाच्य खालका शब्दको प्रयोग गरी तीजका गीत बजारमा ल्याउनाले विकृति, विसङ्गति बढेकाले शब्दमा विशेष ख्याल राख्न अनुरोध गरिएको छ । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति, विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव…