शनिवार ८५ जना संक्रमित थपिए, ३ को मृत्यु

पछिल्लो २४ घन्टामा देशमा थप ८५ जना कोरोना संक्रमित थपिएका छन । योसँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ७५० जना पुगेको छ । शनिवार ३ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको छ मन्त्रालयले जनाएको छ ।