औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।यससगै नेपालमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोना भाइरसविरुद्धको खोप आउने निश्चितप्रायः भएको छ । विभागले सेरम इन्स्टिच्यूट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लागि सःशर्त अनुमति दिइएको हो । 'कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो…