आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ। बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ।त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ। चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ। गत चैत १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि धवलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा…