मध्यपुरथिमि नगरमा कोरोनाविरूद्ध २४ सै घन्टा खट्ने डाक्टर र भेन्टिलेटरसहितको अस्पताल

मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोभिड–१९ को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ। नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नाका साथै कोरोना संक्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सकसहितको टोलीलाई तयारी अवस्थामा राखेको छ।विदेशबाट आएका नागरिकको पहिचान गरी उनीहरूका घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन सुरू गरिएको छ।‘मध्यपुरथिमिमा विदेशबाट…