काठमाडौं चैत, १४– थाइल्याण्डका सात पार्टीले बुधबार नयाँ गठबन्धन बनाएका छन्। सन् २०१४ मा भएको सैनिक ‘कू‘ पछिको पहिलो निर्वाचन लगत्तै उनीहरुले गठबन्धन बनाएका हुन्। यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने समाचारमा जनाइएको छ। निर्वाचनको वैधानिकता र निश्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला केही पार्टीहरुले गठबन्धन बनाएर सरकार बनाउने कसरत सुरु गरेका हुन्।…