काठमाडौं माघ, ११– लोकतान्त्रिक गणतन्त्र कंगोका नवनिर्वाचित राष्ट्रपति फेलिक्स सिसेकेडी सपथ ग्रहण समारोहमै बिरामी भएका छन्। बिहीबार आयोजित समारोहमा मन्तव्य दिइरहेकै बेला उनी बिरामी भएर ढलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सहयोगीले उनलाई पानी दिएका थिए र कुर्सीसम्म ल्याएका थिए। राष्ट्रपति सिसेकेडीले आफू निकै थाकेको बताएका थिए। शान्तिपूर्ण तरिकाले निर्वाचन भएर उनले देशको नेतृत्व गर्न लागेकाले…