रुपन्देही- लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सुरु भएको छ । मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन्। नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सुरु गरिएको छ । नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास…