काठमाडौं फागुन, १६– आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बुधबार ताप्लेजुङ्मा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत ७ जनाको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । सरकारले राष्ट्रिय शोकको घोषणा गरेका कारण बिहीबारका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो ।…