काठमाडौं जेठ, ३१– सरकारले अस्ट्रेलियाको राजदूत नियुक्तिका लागि महेशराज दाहाललाई गरेको सिफारिस विवादमा परेको छ। दाहालकी पत्नी अमेरिकाको स्थायी बासिन्दा भएको पाइएपछि उनको सिफारिस विवादमा परेको हो । आफैंले तयार गरेको ‘राजदूत नियुक्तिसम्बन्धी निर्देशिका’ बेवास्ता गर्दै सरकारले गत साता अस्ट्रेलियासहित चार मुलुकका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ…