नवलपरासी पुस, २९– नवलपरासीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११, भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेल छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरीको आधारमा पक्राउ परेका हुन् । उनीमथि कक्षा १० मा पढ्ने छात्रामाथि दुर्व्यवहार गरेको आरोप छ । छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्याएपछि पीडित छात्राले अभिभावकलाई…