प्रहरीले डकैती मुद्दाका फरार छिरिङ तामाङलाई गोली हानेर समायो

काठमाडौं जेठ, २४– काठमाडौंको बौद्धको अत्तरखेलमा गोली चलेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई समाउन गोली चलाएको हो । तामाङलाई गोली हानेर पक्राउ गरिएको हो । महाशाखाका प्रमुख सहकुलबहादुर थापाका अनुसार तामाङको खुट्टामा गोली लागेको छ । हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परे पनि समूहका सदस्य…