भूमाफियाले पशुपतिनाथको २३१ रोपनी जग्गा समेत छोडेनन्

काठमाडौं वैशाख, ३१– भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा…