काठमाडौंको स्वयम्भूमा रोकिराखेको कारभित्र शव भेटियो

काठमाडौं भदौ, २१– काठमाडौंको स्वयम्भूमा रोकिराखेको कारभित्र एकजना व्यक्तिको शव भेटिएको छ । प्रहरीका अनुसार स्वयम्भू स्तुपा जाने बाटोमा पार्किङ्ग गरेर राखेको गाडीमा पुरुषको शव भेटिएको हो । बिहीबार बिहान बा ८ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त शव काठमाडौंको नैकाप…