काठमाडौं फागुन, १८– पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स अस्पतालको भेन्टिलेटरमा उपचाररत अधिकारीको शनिबार साँझ निधन भएको नेकपा पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी गराए । सचिव श्रेष्ठले अधिकारी उपचाररत अस्पतालबाटै दिएको जानकारी उनुसार अधिकारीलाई बचाउने सम्पूर्ण प्रयास असफल भएको छ । अधिकारीको ८३ वर्षको उमेरमा…