नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाको थवाङमा गर्न थालेको जनसत्ता घोषणा कार्यक्रम रोक्न लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । शनिबार बिहानै ठूलो संख्यामा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई थवाङमा परिचालन गरिएको हो। ‘ध्वंसात्मक गतिविधि नगर्न र समानान्तर सरकार घोषणा गर्न नदिने राज्यको नीति अनुसार प्रहरी परिचालन गरिएको रोल्पा जिल्लाका निमित्त…