दक्षिण कोरियाको ईपीएस जस्तै मोडलमा नेपाली कामदार लैजान जापानलाई नेपाल सरकारको प्रस्ताव

सरकारले  नेपाली कामदार जापान जाने प्रक्रियालाई गभर्नमेन्ट-टू-गभर्नमेन्ट (जीटूजी) मोडलमा लैजान प्रस्ताव गरेको छ । यसो भएमा सरकारीस्तरको सम्बन्ध बलियो हुने र त्यसबाट दुवै देशले पर्याप्त लाभ उठाउन सक्ने सरकारको विश्वास छ । श्रममन्त्री गोकर्ण विष्टले जापानी राजदूत मासासी ओगावासँग हालै भएको भेटमा दक्षिण कोरियाले अपनाएको ईपीएस जस्तै मोडलमा नेपाली प्रशिक्षार्थी कामदार लैजान प्रस्ताव गरेका हुन्…