काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले अधिकार नभएको विषयमा प्रदेश सभाले कुनै निर्णय गर्छ भने तेस्तो निर्णय खारेज हुने बताएका छन । प्रदेश नं. २ को प्रदेश सभाले प्रदेश प्रहरी सम्बन्धी विधेयक पारित गरेर प्रदेश प्रहरी भर्ना गर्र्न लागेकोबारे आफूलाई जानकारी नभएको मन्त्री पण्डितले स्पष्ट पारेका छन्। सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ‘यदि निर्णय भएको…