घर लिप्ने माटो लिन गएका एकै घरका तीन जनाको ढिस्कोले पुरिएर मृत्यु,सिंगो गाउँ शोकमा

१४ असोज, घोराही– वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे । दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले…